arrow

होटलमा बेहोश भेटिएका चन्दको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
death_1618213452.jpg

बैतडी । बैतडीको मेलौली नगरपालिका-७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए । 

बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के-कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ