arrow

एमालेले रोक्यो सदन, बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
uml birodh.JPG

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ  । नेकपा एमालेले सदनमा अवरोध गरेपछि बैठक स्थगित भएको हो । 

त्यसअघि  नेकपा एमालेका सांसद पदम गिरीले संसद चल्न नसक्ने बताएका थिए । सोसँगै सदनमा एमालेका सांसदहरू उभिएर विरोध तथा नाराबाजी गरेका थिए । 

उनीहरूले सत्ता पक्षका एक सांसदले पशुपतिको जलहरी सुनको नभइ पित्तल लगाएको भनेको भन्दै आरोप पुष्टि गर्न माग गरेका छन् ।

सत्तापक्षले प्रतिपक्षमाथि एक पछि अर्को गर्दै आरोप लगाइएको एमालेको ठहर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ