arrow

सकियो यस वर्षको भोटोजात्रा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
bhoto-jatra-showing-2080.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् । 

मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे । 

गत बैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । 

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए । 

भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।
 

bhotojatra-2080 (1).jpg
bhotojatra-2080 (2).jpg
bhotojatra-2080 (3).jpg
bhotojatra-2080 (4).jpg
bhotojatra-2080 (5).jpg
bhotojatra-2080 (6).jpg
bhotojatra-2080 (7).jpg
bhotojatra-2080 (8).jpg
bhotojatra-2080 (9).jpg
bhotojatra-2080 (10).jpg
bhoto-jatra-2080 (6).jpg
bhoto-jatra-2080 (7).jpg
bhoto-jatra-2080 (1).jpg
bhoto-jatra-2080 (2).jpg
bhoto-jatra-2080 (3).jpg
bhoto-jatra-2080 (4).jpg
bhoto-jatra-2080 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ