arrow

कोशीको बजेट अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
pradesh-1-sabha.jpg

बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ