arrow

एनएससी काभा महिला भलिबलमा नेपालको विजयी शुरुआत [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
volleyball-kaba (9).jpg

काठमाडौं । नेपालले घरेलु भूमिमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई हरायो । नेपाल ३–० को सोझो सेटमा विजयी भएको हो । 

नेपालले कीर्गिस्तानलाई २५–११, २५–९ र २५–११ ले हराएको हो । जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ ।

अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ । 

ुसोमबारकै अन्य खेलमा भारत र उज्वेकिस्तान विजयी भए । उज्वेकिस्तानले श्रीलंकालाई ३–० ले तथा भारतले बंगलादेशलाई ३–० ले हराएको हो । 

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

समूह ए मा नेपालसहित भारत बंगलादेश र कीर्गिस्तान छन् । समूह बी मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

volleyball-kaba (1).jpg
volleyball-kaba (2).jpg
volleyball-kaba (3).jpg
volleyball-kaba (4).jpg
volleyball-kaba (5).jpg
volleyball-kaba (6).jpg
volleyball-kaba (7).jpg
volleyball-kaba (8).jpg
volleyball-kaba (9).jpg
volleyball-kaba (10).jpg
volleyball-kaba (11).jpg
volleyball-kaba (12).jpg
volleyball-kaba (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ