भोलिको नेपाल बनाउन जनतालाई नै जिम्मा दिउँ – पूर्वराजा शाह [सम्बोधनसहित]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
843
Shares
तस्बिर – फाइल ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालको राजनीतिक तन्त्रप्रति प्रश्नैप्रश्न तेर्स्याएका छन् । आज धनगढीमा नागरिक अभिनन्दन ग्रहण गरेपछि पूर्वराजाले अहिलेको जनतालाई दुःख दिने तन्त्रप्रति प्रश्नैप्रश्न गरेका हुन् ।
उनले नयाँ नेपाल भनेको यही हो ? भन्दै प्रश्न गरे । त्यस्तै अहिलेको नेतृत्वलाई के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? भनी थप प्रश्न गरेका छन् ।
उनले आजको टड्कारो अवस्थालाई नदेखेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिदैन भनेका छन् ।
पूर्वराजाले भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिन पनि आग्रह गरेका छन् ।