arrow

मोदीको लोकप्रियताले बाइडेनलाई व्यवस्थापनमा समस्या, गरे प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
modi-biden-2023.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता कति भन्ने कुराको चर्चा विश्वभरमै भइरहन्छ । मोदी पटक पटक विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्दै आएका छन् । 

त्यसकै कारण कहिलेकाहिँ ठूला नेताहरुलाई पनि समस्या पर्ने गरेको छ । नभन्दै त्यो समस्या अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भएको छ । बाइडेनले मोदीलाई आइतबार ‘निकै लोकप्रिय’ भन्दै सम्बोधन गरेका थिए । सो क्रममा उनले आफूलाई टिकट मिलाउनसमेत सकस भएको बताएका थिए । 

उनले भनेका थिए, ‘मैले तपाईको अटोग्राफ लिनुपर्नेछ । तपाईले समस्या खडा गरिदिनु भएको छ । कलाकारदेखि नातेदारसम्म जो पनि रात्रिभोजमा आउन चाहन्छन् ।’ आगामी जुनमा मोदी अमेरिका जाँदै गर्दा वासिङटनको रात्रिभोजमा मोदीसँग डिनर गर्नका लागि धेरैले इच्छा राखेको बाइडेनले बताएका हुन् । 

बाइडेनले मोदीको प्रशंसा गर्दै भने, ‘क्वाडमा हामीले गरिरहेकोदेखि सबै ठाउँमा प्रभाव परिरहेको छ । तपाईले जलवायु परिवर्तनमा आधारभूत परिवर्तन गर्नुभएको छ । तपाईले इन्डो–प्यासिफिकमा पनि प्रभावित पार्नुभयो । तपाई फरक गर्दै हुनुहुन्छ ।’

जुन महिनामा भारत–अमेरिका शिखर सम्मेलन हुँदैछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ