arrow

पानीमा हिँड्ने साधु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
ramkrishna-paramhans-final.jpg

काठमाडौं । रामकृष्ण परमहंसको जीवनशैली सरल थियो । रामकृष्ण परमहंस  स्वामी विवेकानन्दका गुरु हुन् । उनलाई भेट्न दिनहुँ धेरै मानिसहरू आउने गर्दथे । प्रसिद्ध भएपछि पनि उनको स्वभाव परिवर्तन आएन । उनी सधैँ आनन्दमा रहन्थे।

एक दिन उनी आफ्नो दैनिक काम गरिरहेका थिए । केही मानिसहरू उनको अगाडि बसिरहेका थिए र परमहंसको काम पूरा गर्न पर्खिरहेका थिए । उनीहरू परमहंसको अमृतबाणी सुन्ने पर्खाइमा थिए । त्यतिखेर त्यहाँ एक महान् साधु पुगे। ती सन्तलाई सबैले आदर गरे। उनी परमहंसको अगाडि उभिए, तर परमहंस आफ्नो काममा व्यस्त थिए, उनले सन्त तर्फ ध्यान दिएनन्।

यो देखेर ती साधुलाई रिस उठ्यो र भने,' मलाई चिन्नुभएन ? पानीमा हिँडेर आएको छु । मसँग एउटा चमत्कारिक उपलब्धि छ, जसद्वारा म पानीमा नडुबी हिँड्न सक्छु। मानिसहरूले मलाई यो चमत्कार गरेको देखेका छन्। तपाई त मलाई नदेखे जसो गर्दै हुनुहुन्छ ?'

रामकृष्ण परमहंसले भने,' तपाई धेरै ठूला मान्छे हुनुहुन्छ र तपाईँले सिद्धि पनि पाउनुभएको छ । तर म तपाईँलाई एउटा कुरा सोध्न चाहन्छु कि तपाईँसँग यति ठूलो सिद्धि छ र यति सानो काम गरेको छ । खोला पार गर्न चाहनु हुन्थ्यो भने डुङ्गावालालाई दुई पैसा दिए उसले तपाईँलाई सजिलै खोला पार गरिहाल्थ्यो। जुन काम दुई पैसामा हुन सक्थ्यो त्यसको लागि तपाईँले त्यस्तो तपस्या गर्नुभयो। तपाईँ यो सिद्धिको प्रदर्शन पनि गर्दै हुनुहुन्छ। एक सन्तलाई यो कुराले शोभा दिँदैन। सन्तले घमण्ड गर्नु हुँदैन।'

यी कुरा सुनेर ती साधु लज्जित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ