arrow

छुरा प्रहारबाट एमाले नेताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
CPN-UML-Flag.jpeg

गौर । रौतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । 

उनी गत निर्वाचनमा नेकपा एमालेका तर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । 

छातीमा छुरा प्रहार भएपछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। 

तर उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा  गरेको थियो ।

छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ