arrow

जबरजस्ती करणी मुद्दामा फरार शाक्य पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
pakrau9.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले २० वर्षदेखि फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ उत्तरशिला बस्ने ४८ वर्षीय विनोद शाक्य रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा उनी विरुद्ध तनहुँ जिल्ला अदालतको मिति २०६० असोज २८ गते ५ बर्ष कैद सजायँको फैसला गरेको थियो । सो फैसलापछि उनी फरार भएका थिए । 

उनलाई बुधबार उनकै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक .(डिएसपी) मोहनबहादुर खाँडले जानकारी दिए । 

पक्राउ परेका शाक्यलाई अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ