arrow

बैतडीमा पशुचौपाया मर्न थाले, तीन हजार बढी बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
Lumpy skin.jpg

बैतडी ।  बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् ।

समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् । जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार बढी पशुचौपाया बिरामी परेका छन् । 

सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको बताइएको छ । मेलौलीमा लम्पी स्किनबाट एक हजार तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने २५ पशुचौपाया मरेका छन् । यस्तै दुई हजार चार सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै जिल्लाको पाटन नगरपालिकामा तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका छ सय पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
 
यस्तै पुर्चौंडी नगरपालिकामा सोही रोगबाट एक हजार पशुचौपाया बिरामी परेका छन् भने एक सय ९० पशुचौपाया मरेका छन् । पुर्चौंडीमा उक्त रोगबबाट एक हजार आठ सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सुर्नया गाउँपालिकामा दुई सय ७० पशुचौपाया बिरामी परेका छन् भने १२ मरेका छन् । एक हजार दुई सय ७५ पशुचौपाया प्रभावित भएका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिकामा पाँच सय पशुचौपाया बिरामी परेका छन् भने ५० पशुचौपाया मरेका छन् । शिवनाथमा एक हजार दुई सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ६८ पशुचौपाया बिरामी परेका छन् भने १४ पशुचौपाया मरेका छन् । दोगडाकेदारमा लम्पी स्किनबाट दुई सय ५० पशुचौपाया प्रभावित भएका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा ५० पशुचौपाया बिरामी परेका छन् भने १३ पशुचौपाया मरेका छन् । सोही रोगबाट स्किनबाट दुई हजार दुई सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सिगास गाउँपालिकामा एक सय ७० पशुचौपाया बिरामी परेका छन् भने चार सय ५० पशुचौपाया प्रभावित भएका छन् । पञ्चेश्वर गाउँपालिकामा उक्त रोगका कारण तीन सय २५ पशुचौपाया बिरामी, पाँच मरेका र दुई हजार प्रभावित भएका छन् ।  दशरथचन्द नगरपालिकामा ४३ बिरामी, एक मरेका र तीन हजार पाँच सय प्रभावित भएका जनाइएको छ ।
  
लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । लम्पी स्किनबाट गाईगोरु बढी प्रभावित भएका छन् । रोग फैलिएकोबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको केन्द्रले जनाएको छ । 

पशुचौपायामा ज्वरो आउने, सिगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । सो रोगको औषधि नभएका कारण रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको पशु प्राविधिकले बताएका छन् ।  

बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ ।   

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ