arrow

एकैपटक संसदका १० वटा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । आजबाट संघीय संसद अन्तर्गतका विषयगत समितिहरु क्रियाशील हुने भएका छन् । जसअनुसार संघीय संसद सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।

गत मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक शुरु हुन सकेका छैनन् । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पनि अझैसम्म बैठक बस्न भने सकेको थिएन । 

जेष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।

समितिको पहिलो बैठकमा जेष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ