arrow

भोलिदेखि एमडीएमएस लागू, अवैध मोबाइल आयात रोकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
NTA-nepal-telecommunications-authority.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । यसअघि पटक पटक यो प्रक्रिया लागू गर्ने जनाएको भए पनि सफल भइरहेको थिएन । तर जेठ १ देखि भने पूर्णरुपमै लागू गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

सरकारले झिटीगुन्टा नियमावली संशोधन गरेपछि प्राधिकरणलाई एमडीएमएस लागू गर्न सजिलो भएको हो । यो प्रणाली लागू्र भएसँगै नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न सजिलो हुनेछ । 

सरकारले झिटीगुन्टा नियमावली संशोधन गरी अबदेखि वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । आफूसँग भएको एउटा पहिलेदेखि नै ल्याउन पाइने थियो भने अब थप एउटा ल्याउन पाइने छ । 

यही नियमावली लागू भएसँगै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

एमडीएमएसमार्फत प्राधिकरणलाई मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न सजिलो हुनेछ । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । 

प्राधिकरणले यसका लागि प्राधिकरणको वेबसाइट एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी मा जानुपर्ने जनाएको छ । 

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । 

 एमडीएमएस लागू भएसँगै नेपालमा ब्यापक रुपमा चलिरहेको ग्रेमार्केट पनि हराएर जानेछ । त्योसँगै सरकारलाई आयकरसमेत वृद्धि हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ