arrow

बीस वर्षे झापाका सृजन सिंगापुर पठाउने भन्दै ९५ लाख ठगीमा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौं । सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ