arrow

राष्ट्रिय बिच भलिबलमा आर्मी र गण्डकीको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
beach-volleyball-palpa-2080.jpg

तानसेन । राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी शुरुआत गरेका छन् । पाल्पाको रानीमहलमा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएको हो ।  

आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्यो भने गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकाल्यो । समूह चरणको अर्को खेलमा गण्डकीले लुम्बिनीलाई २१–१६ र २१–१५ को सेटमा हरायो । 

समूह चरणको दुई खेलमा जित निकाल्दै गण्डकी क्वार्टरफाइनल प्रवेश गर्यो । अर्को खेलमा लुम्बिनी विजयी बन्यो । सुदूरपश्चिम प्रदेश समयमै कोर्टमा नपुगेपछि लुम्बिनी विजेता बनेको हो ।

प्रतियोगिताको बिहीबार तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका थिए । उनले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धतासमेत जनाएका थिए । 

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा शुरु भएको प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ । प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् । 

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँसहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छिन् । 



लोकप्रिय समाचार
नयाँ