arrow

उन्मुक्तिले फेर्‍यो नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
nagarik-unmukti-party-sudurpachhim.jpg

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उन कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए। 

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम बुधबार प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए । 

“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उनले भने, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।”  त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का दश, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ