arrow

गाई काटिएको अवस्थामा फेला, अनुसन्धान भइरहेको प्रहरीको भनाइ

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख २७ बुधबार
cow-cut-2080.jpg

नेपालगञ्ज । बाँकेको नरैनापुरमा गाई काटिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ४ खोदवा गाउँ नजिकै गाई काटिएको अवस्थामा फेला परेको हो । 

गएराति साढे १२ बजे झुण्डमा बसिरहेकामध्ये अन्दाजी ३ वर्षीय गाईलाई काटिरहेको अवस्थामा अन्य गाई कराएपछि स्थानीयले थाहा पाएका थिए । शुरुमा जंगली जनावरले आक्रमण गरेको आशंका गरेका स्थानीयले पछि गाई काटिएको अवस्थामा फेला पारेका हुन् ।

गाईको घाँटी रेटेको, अगाडिको खुट्टा डोरीले बाँधेको र पछाडिको बायाँ फिल्ला काटेर लगेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै पुगेको इलाका प्रहरी कार्यालय नरैनापुर र भगवानपुरको टोलीले मुचुल्का गरी गाईलाई सोही स्थानमा गाडेको थियो । 

गाई काट्ने व्यक्तिहरुलाई खोजी गरि तत्काल कारबाहीको दायरामा ल्यान स्थानीयवासीको माग छ।  ईलाका प्रहरी कार्यालय भगवानपुरले अनुसन्धान प्रक्रिया अगाडि बढाई गाई काट्नेहरुको खोजी भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ