arrow

किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०८० वैशाख २७ बुधबार
crime-nepaljung-arrest.jpg

नेपालगञ्ज । नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेको टोलीले गएराति साढे ११ बजे नेपालगञ्जको वडा नं १२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई  पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरुमध्ये सुमनले प्रहरी आएको थाहा पाइ क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोलिसहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी दिएको छ। 

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा एउटा खुकुरीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

बाँके प्रहरीले उनीहरुलाई हिरासतमा राखेर हातहतियार मुद्दामा थप अनुसन्धान गरिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सुमन र धर्म ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेर धरौटीमा रिहा भएको प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ