arrow

अमेरिकी पेस्तोलसहित रिजाल पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख २७ बुधबार
crime-final-everytime-use.jpg

नेपालगञ्ज ।  नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जस्थित धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा जिल्ला प्रहरी बाँकेको टोलीले बर्दिया बाँसगढी नगरपालिका ८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित गएराति साढे १० बजे पक्राउ गरेको जानकारी दिएको छ।

उक्त डान्सबारबाट रिजाल निस्किँदै गर्दा उनको साथबाट मेड इन युएसए लेखिएको १ राउण्ड गोलीसहित पेस्तोल  फेला परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रिजालसँग प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ