arrow

ललाइफकाई करणी गर्नेलाई १८ वर्ष कैद

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
jail.jpg

सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई मंगलबार १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका-१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका-६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएकी छन् । 

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ