arrow

कोरोनाका ५१ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित कम हुने छाँट देखिएको छैन । मंगलबार ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६९ जनाको पीसीआर परीक्षणबाट २६ संक्रमित थपिएका हुन् । 

त्यस्तै १ हजार २३३ एन्टिजेन परीक्षणबाट २५ संक्रमित पाइएका छन् । योसँगै सक्रिय संक्रमित पीसीआर परीक्षणबाट १४७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा १३ जना संस्थागत आइसोलेसनमा, ६ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

२६ जना संक्रमणमुक्त भएका छन् । ५२ हजार १२१ जनाले खोप लगाएका छन् । मन्त्रालयले प्रक्रिया पुगेका सबैलाई खोप लगाउन आग्रह गरिरहेको छ । 

कोरोनाबाट अहिलेसम्म १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ