arrow

सदनबाट बाहिरिए अमरेश, बोल्न समय नदिएकाले कपडा खोलेको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
amresh-kumar-singh.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभामा कपडा खोलेर आपत्ति जनाएका सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् ।  

बैठकबाट बाहिरिने क्रममा उनले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । 

सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका थिए । 

सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका थिए । उनले कपडा खोलेसँगै सभामुखले अशिष्ट व्यवहार नदेखाउन चेतावनीसमेत दिए । 

त्यसपछि अमरेशले कपडा लगाएका थिए । अमरेशले भ्रष्टाचार विरोधमा बोल्न नपाएको बताएका छन् ।

ब्राजिलको सभा र अन्य सदनको व्यवस्था पनि यस्तो प्रदर्शन गर्न पाइने बताएका छन् ।   उनले भने,' ब्राजिलको सभा र अन्य सदनको व्यवस्था पनि हेर्नुस यस्तो गर्न पाइन्छ ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ