arrow

सबैभन्दा लामो ट्रायथलन आजबाट पोखरामा शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
triathalon-pokhara-2023.jpg

पोखरा । पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन शुरु भएको छ। दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् ।

हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता शुरु भएको हो । हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रुस, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रीस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागीता जनाउने छन् ।

आयोजकका अनुसार शनिबार फेवातालमा ३‍८ किमी लामो पौडीबाट सो प्रतियोगिता शुरु हुनेछ भने लगत्तै १७५ किलोमिटर साइकल दौड शुरुरु हुनेछ । 

पोखरा लेकसाईडबाट शुरु हुने सो साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाइएको छ । 

 सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड शुरु हुनेछ। काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।

सो प्रतियोगिता पूरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन् भने प्रतियोगितामा करिब १ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ ।

उक्त कार्यक्रममा नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीहरुलाई जितको शुभेच्छा दिएका छन् । 

“यो फरक प्रकारको खेलकुद प्रतियोगिता हो । जसमा खेलाडीहरुको अदम्य साहस आवश्यक हुन्छ,” उनले भने–“हाम्रो जस्तो मुलुक विशेष गरी पोखरा शहर यो खेलका लागि सर्वश्रेष्ठ ठाउँसमेत हो ।” 

यस्तै प्रकारका प्रतियोगिताले नै नेपालको पर्यटन प्रवर्द्धन गर्नेसँगै आर्थिक उन्नतिको मार्गचित्र कोर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । 

विदेशी संचारमाध्यमको घुइँचो
हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनमा विदेशी सञ्चार माध्यमहरुको पनि उत्तिकै चासो रहेको छ । प्रतियोगितामा २२ देशका ३६ जना खेलाडी पोखरामा छन् । 

आ–आफ्नो देशका सञ्चार माध्यमहरुसमेत पोखरा आएका छन् । दोश्रो संस्करणको रुपमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताका लागि स्विइस टेलिभिजन र चेक रिपव्लिक टिभीबाट क्रिउ मेम्वरहरुसमेत आधुनिक क्यामेराहरु सहित पोखरा आइपुगेका छन् । यसैगरी फ्रान्सलगायत अन्य देशहरुबाटसमेत फोटोग्राफरहरु पोखरा आएका छन् । 

विश्वकै कठिन मानिने प्रतियोगिता नेपालमा गत वर्षबाट शुरु भएसँगै यहाँ आउने खेलाडीहरुको चाहनासमेत बढ्दै गएको रेस डाइरेक्टर रिक्की योन्जनले बताए । 

विदेशबाट आउने सञ्चार माध्यमलेसमेत उत्तिकै आकर्षण बढाएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
नयाँ