arrow

बैशाख २७ गते गीताप्रेस शताब्दी वर्ष, पूजा अर्चना एवं दीप प्रज्वलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
geeta-press-100-years.jpg

काठमाडौं। सनातन संस्कृतिको धरोहर गीताप्रेस गोरखपुर स्थापनाको शताब्दी वर्षको स्वर्णिम अवसरमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधान एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको आयोजनामा बैशाख २७ गते पूजा अर्चना एवं दीप प्रज्वलन गरी शताब्दी वर्ष मनाइँदैछ । 

लागत मूल्यभन्दा पनि कम मूल्यमा सनातन धर्म संस्कृतिका विविध कृतिहरू प्रकाशन गर्दै आइरहेको गीताप्रेस १९८० साल बैशाख शुक्ल त्रयोदशीका दिन स्थापना भएको थियो । यो दिन सनातनी ॐकार परिवारका लागि गौरवको दिन पनि हो । 

ब्रह्मलिन श्री जयदयाल जी गोयन्दका, ब्रह्मलिन श्री हनुमान प्रसाद जी पोद्दार, ब्रह्मलिन सन्त स्वामी रामसुखदास जी महाराज, श्री घनश्याम जी जालान एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण महान विद्वत वर्गहरूमा हार्दिक नमन गर्दै नेपालमा साप्ताहिक रूपमा विविध कार्यक्रम आयोजना गरिने छ । 

शताब्दी वर्ष पुगेको बैशाख २७ गते (१० मे) मा आयोजित कार्यक्रममा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंका संचालक, कार्यकर्ता, शुभेच्छुक एवं शुभचिन्तकहरुको उपस्थिति रहने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ