arrow

शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशय पत्र [नामावलीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
dhitopatra-bord.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । बोर्डले यसअघि १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो । 

बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्राली, मनि वल्ड शेयर एक्सचेन्ज प्राली, शुभकामना सेक्युरिटिज प्राली र मियो सेक्युरिटिज प्रालीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । 

४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ