arrow

डा गोविन्द केसी पुगे माइतीघर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
govinda-kc-press-release.jpeg

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता सत्याग्रही प्राडा गोविन्द केसी माइतीघर पुगेका छन् । डा. केसी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको धर्नामा ऐक्यबद्धता जनाउँदै माइतीघर पुगेका हुन् । 

पुन शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुटाउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा छन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ