arrow

मस्कमाथि खनिए डोर्सी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
elon-musk-jack-dorsey.jpg

काठमाडौं । ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सी हालका मालिक एलन मस्कमाथि खनिएका छन् । मस्कलाई ट्वीटरको एक मात्र उपाय भनेका डोर्सीले हाल आफ्नो अडान परिवर्तन गरेका छन् ।

उनले मस्क प्लेटफर्मको एक आदर्श साबित नभएको बताएका छन् । डोर्सीले शुक्रबार मस्कको नेतृत्वमा कडा प्रतिक्रिया व्यक्त गर्दै मस्क टेक अरबपति प्लेटफर्मको एक आदर्श साबित भएका छैनन् भनेका छन्।

डोर्सीले सामाजिक सञ्जाल ब्लूस्काई मा जवाफहरूको लामो शृङ्खलामा मस्कको आलोचना गरेका हुन् । डोर्सीले ट्वीटर प्रतिद्वन्द्वी ब्लूस्काई शुरु गरेका छन् । 

डोर्सीले ब्लूस्काई प्रयोगकर्तालाई  मस्क सर्वश्रेष्ठ स्टीवर्ड साबित भएको जस्तो लाग्छ? भनी प्रश्न सोधेका छन् । उनले जवाफमा भनेका छन् - "होइन, न त उनले आफ्नो समय नराम्रो भएको थाहा पाएर पनि सही काम गरे जस्तो मलाई लाग्दैन। न त बोर्डले कम्पनी बेच्न बाध्य हुनुपर्थ्यो जस्तो मलाई लाग्दैन। "



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ