दुई जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता, २० घाइते
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
762
Shares
तस्बिर – फाइल ।
मनिला फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।
फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्ये एउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटनामा पल्टिँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ ।
त्यसैगरी पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ ।