arrow

संसदमा स्वर्णिम, के भने पहिलो सम्बोधनमा ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
swarnim-wagle-tanahu-1-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेको पहिलो दिन नै संसदमा सहभागीता जनाउँदै सम्बोधन गरेका छन् । 

गत बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट भारी मतसहित डा. वाग्लेले जित हासिल गरेका थिए । उनले आजै बिहान सभामुख देवराज घिमिरेसँग रास्वपाका सभापति एवं चितवन २ बाट निर्वाचित रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए । 

डा. वाग्लेले प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रका लागि लडेका अग्रजसँगै ज्ञातअज्ञात शहीदलाई स्मरण र सम्मान गरेका छन् । 

त्यस्तै उनले संसदमा आफूलाई जिताउने मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले मतदाताको स्नेह, विश्वास र भरोसालाई डगमगाउन नदिने दृढता पनि ब्यक्त गरेका छन् । 

त्यस्तै उनले पृथ्वी लोकमार्गको विस्तार गर्ने क्रममा स्थानीयको दैनिकी कष्टकर भएको र स्वास्थ्यमा असर परेकोसमेत उल्लेख गर्दै सडक विस्तारका क्रममा ऐतिहासिक र पूरातात्विक महत्वका संरचनाको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

यसो भने स्वर्णिमले पहिलो सम्बोधनमा–
आज मात्रै शपथ लिएको नवनिर्वाचित सांसदको रुपमा बोल्दै गर्दा सर्वप्रथम नेपालमा लोकतान्त्रिक हक अधिकार र स्वतन्त्रताका लागि लड्नु भएका हजारौं अग्रजहरु र ज्ञात अज्ञात शहीदको स्मरण र सम्मान गर्न चाहन्छु । हालै सम्पन्न निर्वाचनमा मलाई भारी मत र मतान्तरहित विजयी बनाएर प्रतिनिधि सभा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का आदरणीय मतदाताहरुप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन । सभामुख महोदय तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तार भइरहेको छ । यो आवश्यक छ । तर यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ । जनस्वास्थ्यका दृष्टिले धुलाम्य सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवा लगायतका ऐतिहासिक र पूरातात्विक महत्वका संरचनाहरुको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु । धन्यवाद ! 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ