arrow

नेपालमा पहिलो पटक श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
swammi-shree-prakharjee-maharaj.jpg

काठमाडौं । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर जी महाराजको सान्निध्यमा तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ भएको छ । 

फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरता स्वरूप स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा अक्षय तृतीयाका दिन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूको विशिष्ट आतिथ्यता र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ । 

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको समुद्घाटन कार्यक्रममा महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणको सहभागिता रहने, कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दश हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालीस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने, १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने र  महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताउँदै श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको उपस्थितिमा गत फागुन २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन श्री दुर्गासप्तशती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराए । 

सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषताबारे प्रकाश पारेका थिए । 
 
नेपाल नेपालीप्रति अगाध माया गर्ने हुने सुशील कोइराला श्रीप्रखर क्यान्सर अस्पतालका निर्माता स्वामी श्रीप्रखरजी महाराजले आर्शीवचन प्रदान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति यादव, विशिष्ट अतिथि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र विशेष अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीेले सम्बोधन गर्दै मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजना भएको श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको प्रशंसा गरे । 

उनीहरुले देशको आर्थिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञको पूर्ण सफलताको लागि शुभकामना दिए । 

कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोदकुमार अग्रवालले धन्यवाद व्यक्त गरेका थिए । 

 कार्यक्रमको संचालन गौशाला धर्मशालाका उपाध्यक्ष एवं महायज्ञ आयोजक समितिका सदस्य रमेश तापडियाले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ