arrow

एएनएमएफको २७औं वार्षिक सम्मेलन नर्थ क्यारोलिनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
ANMF.jpg

काठमाडौं। अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ए. एन. एम. एफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ ।

“सञ्जाल र समन्वयका साथ अघि बढौँ” भन्ने नाराका साथ यस सम्मेलन हुन लागेको हो । सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापना काल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा रुचि राख्ने प्रवासी नेपालीहरूको बढ्दो सङ्ख्याको साथ अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाललाई आफ्नो स्वास्थ्य लक्ष्यमा पुर्‍याउनका लागि अमेरिकाबाट थप विशेषज्ञता र स्रोतहरू जुटाउन कटिबद्ध छ । यस वार्षिक सम्मेलनले यस्ता महान् कार्यका लागि सञ्जाल निर्माण, विचार आदान प्रदान र योगदानका तरिकाहरू खोज्ने छ ।

यसपटक सार्लोटमा हुन लागेको सम्मेलनलाई सभ्य र भव्य रूपमा सफल बनाउनको लागि यस फाउन्डेसनका अध्यक्ष डा विनोद खड्का र सचिव डा जीवन लामिछानेले सबैलाई आव्हान गरेका छन् । साथै करिब ३ सय जना विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुने यस 

सम्मेलन भव्यताका साथ तयारी भइरहेको कुरा आयोजक कमिटीका संयोजक डा सुमन राज रेग्मी बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ