arrow

गोविन्द र सर्वेन्द्रको मत जोड्दा पनि स्वर्णिम अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
tanahu1-byelection-2080.jpg

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पाएको मत भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको मत धेरै रहेको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत पाएका छन् ।  दुवैको मत जोड्दा ५ हजार ६ सय ९० मत पुग्छ ।  

यता रास्वपाका डा. स्वर्णिम वाग्ले ७ हजार ६ सय २५ मत पाएका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कांग्रेस र  एमालेका उम्मेदवारले पाएको मत स्वर्णिमको भन्दा १ हजार ९ सयले कम रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ