arrow

पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upanirwachan-2080-election.jpg

तनहुँ ।  उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ-१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ १ मा उपनिर्वाचन भइरहेको छ ।  जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो । 

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे-बेँसीसहर सडकखण्ड, आँबुखैरेनी-गोरखा सडकखण्ड, दमौली-दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ