arrow

तनहुँ–१ मा मतदान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upanirwachan-2080a.jpg

तनहुँ ।  तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान शुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२  मतदान केन्द्र छन् । 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । 

शान्तिपूर्णरूपमा मतदान शुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । 

उपनिर्वाचनका लागि कांग्रेसबाट  भट्टराई, एमालेबाट  खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा  वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ