arrow

विचलनमा नेप्सेः उदास मनोवृत्ति 

logo
निश्चलराज दवाडी
प्रकाशित २०८० वैशाख ९ शनिबार
dharmar ma sharebazar.jpg

विश्वव्यापी अर्थतन्त्रमा मन्दीको ठूलो असर परेसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा संचालित विभिन्न कलकारखाना तथा उद्योगका क्षेत्रहरूमा यसको प्रत्यक्ष असर परेको छ । यसै अवरोधसँगै नेपाली शेयर बजारमा सूचीकृत कम्पनीहरूको बजार मूल्यमा पनि भारी गिरावट आएको छ । यसै क्रममा यो साता १९३१ अंकबाट कारोबार शुरु गरेको नेप्से सप्ताहको अन्त्य गत बिहीबार १९०४.४ मा अन्त्य भयो । 

बुधबार मात्र १५.१४ अङ्कको वृद्धि देखेको नेप्सेमा कारोबारका अन्य चार दिनमा क्रमशः गिरावट आएको छ ।  यस हफ्ता सेन्सेटिभ इन्डेक्स १६३.१३, फलोट इन्डेक्स १३३.३९, सेन्सेटिभ फलोट इन्डेक्स १२१.०२ मा बन्द भयो । यसैगरी यस हफ्ता होटेल परिसूचकमा उच्च वृद्धि भएको छ भने लाइफ इन्स्युरेन्स तथा लघुवित्तमा उच्च गिरावट आएको छ । लगानीकर्ताहरूको व्यवहार र मनोवृत्तिले आकार दिने शेयर बजारमा भविष्य प्रतिको उदाशिनताले धेरै शेयर कारोबार हुन नसकेको र यही अनिश्चितताका कारण शेयरको मूल्य घटेको जनव्याख्या छ । 

आर्थिक सूचक, समाचार शीर्षकहरू र भूराजनीतिक घटनाहरूका साथै नेपाली शेयर बजारको अनिश्चित भविष्यको बारेमा लगानीकर्ताहरूको विश्वास र अपेक्षाहरू उदाशिन रहेको कारण स्टकहरूको बढ्दो माग नरहेको र परिणाम स्वरूप स्टक मूल्य तथा कारोबारमा उच्च गिरावट आइरहेको बुझाइ छ । नेपालको पछिल्लो समयको राजनीतिक अस्थिरताले लगानीकर्ता माझ शेयर बजार सम्बन्धित अनिश्चितता बढाएको छ । यसको फलस्वरूप  लगानीकर्ताहरू पर्ख र हेरको नीति अपनाउँदै बजार नियालिरहेका छन् । 

लगानीकर्ताहरुले अवलम्बन गरेको यस नीतिको प्रत्यक्ष असर कारोबार रकममा परेको छ भने यसैकारण नेपाली शेयर बजार नेप्सेमा भारी गिरावट आएको छ। नेपालको बैंकिङ क्षेत्रमा परेको तरलता संकटले पनि बजारमा पूँजीको अभाव देखिएको छ । यसले शेयर बजारको तरलतामा असर पारेको छ र कारोबार रकम घटेको छ ।

नेपाल सरकारले धितोपत्र बजारको नियामक संरचनामा परिवर्तन गरेसँगै कम्पनीहरूको अनुपालन लागत बढेको छ र यसले बजारमा लगानीकर्ताहरूको विश्वासलाई असर गरेको छ। समग्रमा आन्तरिक र बाह्य कारकहरूको संयोजनमा नेपाली शेयर बजारको गिरावटको प्रवृत्तिले श्रेय पाएको छ भने अप्रत्याशित बजार प्रवृत्ति तथा लगानीकर्ताको भावनाहरूका कारण पनि नेपाली शेयर बजार प्रभावित भइरहेको बुझ्न सकिन्छ ।

समग्रमा लगानीकर्ताको भावनाले बजार प्रवृत्तिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेसँगै प्रायः लगानी निर्णय गर्दा लगानीकर्ताहरुले निम्न दायराहरुले प्रभावित पारेको बुझ्न सकिन्छ । 

नेपाली स्टक बजारमा लगानीमा रोक लगाउने प्रतिकूल वातावरणः
कमजोर नेपाली अर्थतन्त्र आयातमा निर्भर नेपाली अर्थतन्त्र विशेष गरी ट्रेडिङ र सेवामुखी रहेको कुरा नौलो होइन । कमजोर अर्थतन्त्र सामान्यतया शेयर बजारमा लगानी गर्नको लागि प्रतिकूल वातावरण सिर्जना गर्ने गर्छ। कम्पनीहरूले यस्तो वातावरणमा राम्रो प्रदर्शन गर्न सक्दैनन् जसले गर्दा उच्च आम्दानी गर्ने क्षेत्रमा ह्रास आउँछ र त्यस्ता कम्पनीहरूको स्टकको माग कम हुन्छ । 

अस्थिर राजनीतिक र नियामक वातावरणः 
अस्थिर राजनीतिक र नियामक वातावरणका कारण पनि नेपाली शेयर बजार ओरालो लाग्दै गरेको बुझ्न सकिन्छ । अस्थिर राजनीतिक र नियामक वातावरणका कारण नकारात्मक समाचार र अदूरदर्शी अर्थनीति जस्ता प्रतिकूल वातावरण सिर्जना हुने गर्छ । जसले गर्दा लगानीकर्ताहरूको व्यवहार र मनोवृत्तिमा धक्का पर्ने गर्छ । राजनीतिक अस्थिरता वा नियमहरूमा बारम्बार हुने परिवर्तन, अदुरदर्षिक राजनीतिक भर्ति का फलस्वरुप बजार अनिश्चिततातर्फ धकेलिने गर्दछ र यसले अस्थिरता सिर्जना गर्ने गर्दछ र यसै कारण नेपाली स्टक बजार प्रभावित भइरहेको जानकारहरु बताउँछन् ।  

उच्च मुद्रास्फीतिः

 कमजोर नेपाली अर्थतन्त्रका कारण तथा आयातमा उच्च निर्भरता रहेसँगै नेपालको हालको मुद्रास्फीति अहिलेसम्मको नै उच्च रहेको छ । विकेन्द्रीकरणको कारण विश्वव्यापी अर्थतन्त्र छाएको मन्दी तथा कोरोना संक्रमणकालको असरका कारण हाल विश्वव्यापी मुद्रास्फीति नै उच्च रहेको छ । विश्वका विकसित देशहरुको अर्थतन्त्र पनि यस उच्च मुद्रास्फीतिसँग  जुध्न तदारुकताका साथ कोसिस गरिरहेको यस स्थितिमा नेपालको उच्च ब्याजदर र न्यून कम्पनी आयका कारण धरासायी भएको बुझ्न सकिन्छ । यसैकारण उच्च मुद्रास्फीतिका कारण नेपाली कम्पनीहरूले अन्य सम्पत्तिहरू जस्तै बन्डहरू लगानी गर्न आह्वान गरेको स्थितिमा कम्पनी कुशलतापूर्वक सञ्चालन गर्न असक्षम हुने गर्दछन् । जसका कारण लगानीकर्ताहरूको स्टकहरूमा लगानी गर्ने सम्भावना न्यून हुने गर्छ ।

प्रतिकूल जनसांख्यिकीय प्रवृत्तिः

बढ्दो र सम्पन्न मध्यम वर्ग जस्ता अनुकूल जनसांख्यिकीय प्रवृत्तिले शेयर बजारमा लगानीको लागि अनुकूल वातावरण सिर्जना गर्न सक्छ। तर नेपालमा यस्तो स्थिति झनै जर्जराउँदो भइरहेको छ । मध्यम वर्गीय आयको घट्दो अनुपातमा नेपालमा पनि गरिबी मौलाउँदै गएका कारण बढ्दो मूल्य वृद्धिका बाबजुद उपभोग्य वस्तु र सेवाहरूको माग बढ्दो छ भने आयका श्रोतहरु दिनानुदिन घट्दो क्रममा रहेको छ । यसको प्रभाव प्रत्यक्ष रुपमा शेयर बजारमा परेको छ ।

सुस्त प्राविधिक विकासहरुः

नेपालामा प्रविधिको विकास निकै सुस्त रहेको कुरा कुनै नौलो होइन । जतिसुकै सूचना प्रविधि  नेप्सेले नयाँ टीएमएस प्रविधि भित्रै पनि उचित सर्भर तथा सर्भर सुरक्षाका नीति अवलम्बन गर्न सकेको छैन । यसैका कारण टीएमएस नचल्ने, ह्याक हुने जस्ता समस्या टीएमएस प्रयोगकर्ताहरुले दिनानुदिन झेलिरहेका छन् । यसैकारण पनि शेयर बजारमा लगानीको लागि अनुकूल वातावरण सिर्जना हुन सकेको छैन । उत्पादकता, दक्षता र नवीनतम प्रविधि भित्राए पनि यसको प्रभावकारिता  बढाउन नसकेपछि यस्ता प्रविधि चलाउन निरुत्साहित पार्ने गर्दछ ।

यस हफ्ता बैंकिंग इन्डेक्स १२५४.९४, होटेल इन्डेक्स ३५४७.३०, हाइड्रोपावर इन्डेक्स २४६५.४७, डेभलपमेन्ट बैंक ३४५९.७२, म्यानुफ्याक्चरिङ तथा प्रोसेसिंग परिसूचक ४३५३.४३, ननलाइफ इन्स्युरेन्स ८६०५.२३, फाइनान्स परिसूचक १६०५.२१, ट्रेडिङ परिसूचक २१२६.०८, लघुवित्त परिसूचक ३४१२.६६, लाइफ इन्स्युरेन्स ९४७६.६५, म्युचुअल फण्ड १३.४९, इन्भेस्टमेन्ट परिसूचक ६३.६२ तथा अन्य परिसूचक १४०५.२२ मा अन्त्य भयो । 

घट्दो बजारको यस्तो परिदृश्यको आधारमा बजारमा लगानी गर्न र थप जोखिम लिन इच्छुक कमै लगानीकर्ता रहेको प्रस्ट बुझ्न सकिन्छ । कम्पनीहरूको खराब प्रदर्शनीका साथ निराशावादी लगानीकर्ता, उच्च बेरोजगारी दर, उच्च मुद्रास्फीति, व्यापार तनाव जस्ता आर्थिक सूचकहरू सबैले नकारात्मक संकेत दिएसँगै यसको असरले बजारमा थप  चिन्ता बढाएको छ भने स्टकको माग घट्दो क्रममा छ । यसैको फलस्वरूप स्टकको मूल्य घटेको प्रस्ट बुझ्न सकिन्छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ