arrow

 ‘इदुलफित्र’ मनाउँदै मुस्लिम समुदाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
eid-ul-fitra.PNG
तस्बिर – फाइल ।

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान् पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्माबलम्बीहरु एक महिना रोजा (व्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । 

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारबाट व्रत बस्न शुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिएपछि ‘इदुल फित्र’ पर्वको तिथि तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो । जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना शुरु भएको थियो । 

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्माबलम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।

रमजानमा अल्लाहको आशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । 

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ