arrow

दिल्लीको अदालत परिसरमा बयान दिन गएकी महिलामाथि चार गोली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
delhi-court-bullet.jpg

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको एक अदालतमा एक महिलामाथि गोली प्रहार भएको छ । अदालत परिसरमा गोली लागेर ४२ वर्षीया राधा नाम गरेकी महिला घाइते भएकी हुन् । 

उनीमाथि लगातार ४ वटा गोली हानिएको थियो । उनले एम्स अस्पतालमा उपचार भइरहेको छ । ती महिलामाथि बिहान १०ः३० बजे गोली लागेको थियो । 

उनको पेट र हातमा तीन वटा गोली लागेको थियो । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । सो गोली हानेपछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या प्रयास गरेका हुन् । उनी निलम्बित वकिल भएको बताइएको छ । कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएको थियो । आज उनको सुनवाई थियो । अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाई लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाइएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकारमाथि प्रश्न उठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ