arrow

शेयरमा छलाङ, एकैदिन बढ्यो ९२ अंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजारले बुधबार नसोचेको रेकर्ड बनाएको छ । शेयरले एकैदिन ९२ अंकको छलाङ लगाएको छ । साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सूचक १९६३ को विन्दुमा उक्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७।३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सूचकमा २१८ कम्पनीमा वृद्धि भएको छ । 

त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरि एनआईसी एसिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

बुधबार सबै उपसूचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै फाइनान्सको ६।८४ प्रतिशतले मूल्य बढेको छ । यसैगरी बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५प्रतिशतले मूल्य बढेको छ ।

आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदश् लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् । 

यसअघि शेयर निरन्तर निराशाजनक स्थितिमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ