arrow

हरियाली छायो शेयरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको तेश्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८७१.३३ विन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोही दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ ।

यसैगरी, नेप्से सूचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ । 

यसैगरी सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

मंगलबार सबै उपसूचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै निर्माण तथा प्रशोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ । 

आजको कालिन्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ।

उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् । साथै सृजनशील लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ