arrow

शेयरमा पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को विन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ।

यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।

यसैगरी नेप्से सूचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरुको ५ करोड ७८ लाखको कारोबार गरेको छ । 

आइतबार सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सूचकको २.३५ प्रतिशतले मूल्य घटेको छ । 

कालिन्चोक दर्शनको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको शेयर कारोबार भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ