समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने : विश्वप्रकाश
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
478
Shares
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्नुपर्ने बताएका छन् ।
शनिबार झापाको एक कार्यक्रममा महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका हुन् ।
“सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ”, उनले भने, “राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।”
शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताए। कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहेका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए ।