arrow

नक्कली परीक्षार्थी राखेर परीक्षा दिने मेयर कानूविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
crime-final-everytime-use.jpg

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानूविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका(६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ