arrow

शेयरमा सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को विन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अङ्कले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा आएर रोकिएको थियो  । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता शेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सूचकमा १४६ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ४३ लाख भन्दाबढीको कारोबार गरेको छ । नबिल बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

बुधबार १३ उपसूचकमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा वृद्धि भएको छ । निमार्ण तथा प्रसोधन ०।१० प्रतिशत, निर्जीवन बिमा ०.५२ प्रतिशत र ट्रेडिङ सुचक ०.४१ प्रतिशतले ओरालो लागेको हो । वृद्धि हुनेमा होटल तथा पर्यटनको १ प्रतिशतले र अन्य सूचकहरुमा सामान्य सुधार देखिएको छ । 

बुधबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी सानिमा ग्रोथ फण्डको ८ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्त को ६.२२ प्रतिशतले शेयर कारोबार बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ