काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् । गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका उनले अहिले बारा–२ मा उम्मेदवारी दिएका हुन् ।