arrow

उपाध्यक्षमा त्रिपाठी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
unesco1.jpg

तनहुँ ।  तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन( युनेस्को) विश्व महासङ्घ एसिया तथा प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

महासङ्घ एसिया प्रशान्त क्षेत्रको काजगस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारणसभा तथा अधिवेशनबाट भानुका नगरप्रमुख त्रिपाठी उपाध्यक्षमा निर्वाचित भएका हुन् । । उक्त अधिवेशनमा एसिया प्रशान्त क्षेत्रका १२ देशको सहभागिता रहेको थियो ।

अध्यक्षमा भने कोरियाकी सञ्जु ली चुनिएका छन् । नवनिर्वाचित युनेस्को महासङ्घ एसिया प्रशान्त क्षेत्रको उपाध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ