- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा सम्पन्न २०२३ एसिया कप ट्राइथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन् ।
७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र ५ किलोमिटर दौडको दूरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधि जितेका हुन् ।
नेपाल ट्राइथलन संघको आयोजनमा भएको २०२३ एसिया ट्राइथलन कप तथा दक्षिण एसियालीन च्याम्पियनशिप अन्तर्गत भएको प्रतियोगिताको एसिया कपतर्फ दोश्रो स्थानमा पुरुषतर्फ उज्वेकितानका एलेक्जेन्डर कुरिसोभले उक्त दूरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पूरा गरे ।
चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलिभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दूरी पूरा गरे ।
महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दूरी पूरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दूरी पूरा गरे ।
विश्व ट्राइथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार राशीमध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ ।
त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शीर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
सोही प्रतियोगिता अन्तर्गत भएको दक्षिण एसियाली च्याम्पियनशिपको ट्राइथलनतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्द्वलाई पछि पार्दै उपाधि उचाले ।
उनले निर्धारित दूरी १ घन्टा ४ मिनट १६ सेकेन्डमा पूरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै बिश्वनाथ यादवले १ घन्टा ६ मिनट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका बशन्त थारुले १ घन्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे । महिलातर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनटमा दूरी पूरा गरिन् ।
दक्षिण एसियाली च्याम्पियनशिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पार्यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दूरी १ घन्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पूरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेश्रो भए ।
महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनट ८ सेकेन्डका साथ तेश्रो भए ।
राष्ट्रियतर्फ पुरुषमा बसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बसन्तले १ घन्टा, ६ मिनट, ५२ सेकेन्ड, दिपेशले १ घन्टा, ९ मिनट, १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दूरी पूरा गरे । महिलातर्फ श्रेवी महर्जन प्रथम भइन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दूरी १ घन्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पूरा गरिन् ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकास बराल, पूर्व सांसद दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, पुर्व दक्षिण एशिया च्याम्पियनसिपकी बिजेता एवं भारती प्रशिक्षक पूजा चौरसिया लगायतले पुरस्कार वितण गरेका थिए ।
फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४३ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको दुवाथलन विधाको प्रतिस्पर्धा आइतबार बिहान ७ बजे हुनेछ ।