arrow

गौरादहमा अध्यात्म सेमिनार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
gauradaha-youth.jpg

झापा । झापाको गौरादहमा युवा, राष्ट्र र अध्यात्म सम्बन्धी सेमिनार कार्यक्रम भएको छ ।  नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको आयोजनामा भएको कार्यक्रमको प्रमुख वक्ताका रूपमा वरिष्ठ न्युरोलोजिस्ट डा जयप्रकाश अग्रवाल र समितिका युवा सङ्गठनका केन्द्रीय संयोजक उत्तम गिरि रहेका थिए । 

शुक्रबार गौरादह ४ स्थित मिलन चोकमा रहेको समिति गौरादह शाखाको भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपती सुबेदीले समाज रूपान्तरणका लागि यस्तो कार्यक्रम आवश्यक भएको बताए । मानव धर्मले समाजमा रहेको सबै धर्म , जातजाति र सबै मानिसलाई उतिकै व्यवहार गरेर समाजलाई एकतामा बाँध्ने , युवा वर्गहरूलाई अध्यात्म मार्फत समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे । 

No description available.

नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्रकी प्रमुख महात्मा सुवर्णा बाईँजीको सभापतित्वमा भएको कार्यक्रममा, गौरादह शाखाकी प्रमुख महात्मा गौमुखी बाइजी , साथै गौरादहकी महात्मा बबिता बाइजी , गौरादह नगरपालिका वडा न ४ का वडाध्यक्ष दुर्गामणि बस्नेत , नेपाल मानव धर्म मेची क्षेत्रमा अध्यक्ष दशरथ राई ,नेपाल रेडक्रस सोसाइटी गौरादहका सभापति भीम विजय बास्तोला , क्लब हिमालय टाइगर गौरादहकी संयोजक सरिता कटुवाल कार्की , लायन्स क्लब गौरादहका चार्टर प्रेसिडेन्ट डा तिलक खनाल लगायत विभिन्न सामाजिक व्यक्तित्व हरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन गौरादह शाखाका अध्यक्ष कृष्ण शर्माले गरेका थिए भने सचिव दुर्गा भारतीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा क्लब हिमालयन टाइगर , लायन्स क्लब अफ गौरादह , लायन्स क्लब अफ गौरादह युनाइटेड , लियो क्लब गौरादह , सारथि युवा क्लब , गौरादह जेसिस , धिमधिमे युवा क्लबको सहयोग रहेको थियो ।

May be an image of 5 people and people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ