arrow

साप्ताहिक रूपमा हेर्दा पुँजी बजार सकारात्मक, लगानीकर्तामा छैन उत्साह

logo
निश्चलराज दवाडी
प्रकाशित २०७९ चैत १६ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं। आपूर्ति तथा माग बीचको अस्थिरतामा अनिश्चित रहने पुँजी बजारमा, स्वतन्त्र लगानीकर्ताको निर्णयलाई आधार-शिला मान्दै यस हप्ता नेपाली पुँजिबजार थोरै सकारात्मकता तर्फ अग्रसर रहेको देखिएता पनि कारोबारको अन्तिम दिन बिहीबार १०.८७ अङ्कको गिरावटका साथ नकारात्मक हुँदै अन्त्य भयो । 

विगतका केही हप्ता यता उदासीन रहेका लगानीकर्ताहरूलाई झिनो आश्वासन प्रदान गर्दै १८८९.२९ अङ्कको बिन्दु बाट यस हप्ताको सुरुवाती कारोबार थालेको नेप्से १९०८.५५ बिन्दुमा पुग्दै यस साताको कारोबार अन्त्य गर्‍यो । बुधवार सम्म १९१९.४२ अङ्क पुगेको नेप्से पुन नकारात्मक लय समात्दै  १९०८.५५ अङ्कमा झरेको हो ।  साप्ताहिक रूपमा हेर्दा बजार सकरात्मक देखिएको छ। 

‘निश्चित तथा सुरक्षित’ लगानीका क्षेत्रहरूका अभावमा विगत केही महिना यता अस्थिर रहेको पुँजी बजार र सोही अनुरूप घट्दो क्रममा रहेको नेप्सेमा धेरै लगानीकर्ताहरूलाई खरिद गर्न भन्दा बेच्न तर्फ अग्रसर रहेको  देख्न सकिन्छ । पछिल्लो क्रममा नेपालको पुँजी बजारमा गएको पहिरोले अझै लगानीकर्ताहरूलाई उदासीनता तर्फ धकेलेको तथा अझै पनि विश्वास जित्न नसकेको आङ्कलन घट्दो क्रममा रहेको पुँजी बजारमा स्पष्ट देख्न सकिन्छ । लगानीकर्ताहरूमा उत्साह नरहेको स्पष्ट देख्न सकिन्छ । 

यसै क्रममा अघिल्लो हप्ता नेप्सेमा गएको पहिरोको फाइदा उठाउँदै, जोखिम उठाउन सक्ने मनोवृत्ति तथा जोखिम भार आङ्कलन तथा न्यूनीकरण गर्न सक्ने क्षमता रहेका केही सक्रिय लगानीकर्ताहरू तथा उनका कारोबारका कारण केही वृद्धि देखिएता पनि नेपाली पुँजी बजारले भने सम्पूर्ण लगानीकर्तालाई आकर्षण गर्न नसकेको देख्न सकिन्छ । 

यस साता बैङ्किङ परिसूचक १२२२.५३ अङ्क, ट्रेडिङ २१३१.३७, होटेल ३१७५.६१, विकास बैङ्क ३५१३.७६, हाइड्रो २५५४.१७, फाइनान्स १६२३.७२, लघुवित्त ३४२०.२६, नन लाइफ इन्सुरेन्स ८७५६.३२, लाइफ इन्सुरेन्स ९५२४.०८,म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिंग ४४०५.१८, इन्भेस्टमेन्ट ६४.७२, म्युचुअल फन् १३.४३ तथा अन्य क्षेत्र १४३४.२९ मा सीमित रह्यो ।

साता को सुरुवात देखिनै अन्योल पूर्ण लगानी वातावरणका साथ बजारमा अझै पनि खरिदकर्ताको उत्साह देख्न सकिएको छैन । यसै खरिदकर्ताहरूको अभावका आधारमा अर्को हप्ता पनि नेप्सेमा ठप गिरावट आउने निश्चित आङ्कलनहरू गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ