arrow

ओरालो लाग्दो नेप्सेको सकारात्मक सुरुवात, अबको बाटो २ हजार २ सय तर्फ 

साताको सम्पूर्ण विवरण

logo
निश्चलराज दवाडी
प्रकाशित २०७९ माघ २७ शुक्रबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं। विगतको प्रदर्शन भविष्यको कार्यसम्पादनको सूचक नरहने, लगानीमा प्रिन्सिपलको सम्भावित हानि सहित जोखिम समावेश रहने तथा भविष्यको बारेमा धेरै अनिश्चितता सिर्जना रहने पुँजी बजारमा शेयरको बजार मूल्य बढाउन  इनसाइडर ट्रेडिङ्ग, व्यापार गोपनीयता चुहावट जस्ता थुप्रै क्रियाकलाप भइरहेकै छन् । 

तर बजार सहभागीका स्वतन्त्र निर्णय, व्यक्तिगत विचार र व्यक्तिगत स्वार्थलाई आधार-स्तम्भ मानिने पुँजी बजारले हर-हमेसा अर्थशास्त्री तथा लगानीकर्ताहरूलाई विश्लेषणात्मक चुनौती थप्दै आएका सत्य यथावत् छ । आपूर्ति तथा माग बिचको अस्थिर सम्बन्धमा सन्तुलन खोज्ने बजारको रूपमा स्थापित पुँजी बजार, बिक्रेताहरू भन्दा क्रेताहरूको सङ्ख्या धेरै हुँदा अधिक माग थप्दै बढी मूल्यमा स्टक बिक्ने सम्भावना बोक्छ भने क्रेताहरू भन्दा बढी बिक्रेताहरू रहेको स्थितिमा थोरै माग गर्दै बजार मूल्य तल झार्ने स्थितिको सिर्जना गर्ने गर्छ । 

ब्याज दर मार्फत लगानीकर्ता, बैङ्क, व्यवसाय, र सरकारले लिनेदिन सक्ने उधारो र आन्तरिक तथा बाहिरिया मार्फत अर्थव्यवस्था मार्फत तरलता स्थितिको आङ्कलन गर्न सकिने र यही अनुरूप बजारमा लगानीको वातावरण सिर्जना हुने कारण बढ्दो ब्याज दर स्थितिमा  ‘निश्चित तथा सुरक्षित’ लगानीहरूको क्षेत्रहरूलाई मात्र आकर्षक विकल्पको रूपमा प्रतिधारण गर्ने नत्र भए बैङ्कमा मौज्दात कायम राखी बैङ्किङ ब्याजदर तर्फ उन्मुख हुने लगानीकर्ताको बानी हुन्छ भने घट्दो ब्याजदरको स्थितिमा बैङ्किङ ब्याजदर तर्फ धेरै उन्मुख नभई उचित प्रतिफल दिने लगानीका वातावरण पहिल्याउन तथा त्यस्ता क्षेत्रमा लगानी गर्न तत्पर रहने प्रवृत्ति देख्न सकिन्छ । यही कारण, ब्याजदरले कुनै समय बजारमा खरिदकर्ता भन्दा धेरै बिक्रेता रहने  तथा कुनै समय बिक्रेता भन्दा धेरै खरिदकर्ताहरू रहने स्थितिको सृजना गर्दै स्टक वा बन्डको मूल्याङ्कनमा भूमिका खेल्ने गर्छ ।

पुँजी बजार अर्थतन्त्रमा आपूर्ति तथा माग बिचको अस्थायी भिन्नताले पनि बजार तथा बजार मूल्य निर्धारण गर्ने हुँदा भविष्यको लगानी वातावरण, स्थिरता तर्फ ढल्कने या झनै कुरूप हुने विश्वास र विश्लेषणमा आधारित तथ्यका कारण पनि पुँजी बजार तल वा माथि जाने, बजारमा लगानीकर्ताले आफ्नो सेयरको मूल्य बढ्ने विश्वस्त रहे सेयर खरिद गर्ने सम्भावना बढी हुने तर, शेयरले खराब प्रदर्शन गर्ने आङ्कलन छ भने, त्यहाँ धेरै लगानीकर्ताहरू खरिद गर्न भन्दा बेच्न अग्रसर रहेन स्थितिको सिर्जना गर्छ । 

विश्व बजारमा के कारण बढी क्रेता वा धेरै बिक्रेताहरू सिर्जना हुन्छ भन्ने प्रश्नको जवाफ व्यापक रूपमा स्वीकृत बजार सङ्केतहरू जस्तै उपभोक्ता विश्वास सूचकाङ्क जस्ता आर्थिक सूचक, मुद्रास्फीति वा अपस्फीति बारे चिन्ता, सरकारको वित्तीय तथा मौद्रिक नीति, प्राविधिक परिवर्तनहरू, चरम मौसमी घटना तथा प्राकृतिक प्रकोप, युद्ध वा अन्य द्वन्द्व स्थिति, कर्पोरेट वा सरकारी कार्यसम्पादन डेटा, नियमन वा विनियमन’, वित्तीय क्षेत्र जस्ता उद्योगमा राखिएको विश्वासको स्तरमा परिवर्तनहरू तथा कानुनी प्रणालीमा राखिएको विश्वासको स्तरमा परिवर्तनहरू जस्ता थुप्रै सङ्केतका कारण लगानीकर्ताको विश्वासलाई असर पर्ने गर्छ । 

यसै कारणका उपज यस साता नेपाली सेयर बजारले केही लगानीकर्ताहरूलाई आकर्षित गर्न सफल भएको देख्न सकिए पनि कर्पोरेट वा सरकारी कार्यसम्पादन डेटाको अभाव तथा उद्योग कलकारखाना तथा विभिन्न सेवा क्षेत्रमा कायमै रहेको अस्थिर विश्वासको कारण सम्पूर्ण लगानीकर्तालाई आकर्षण गर्न नसको देख्न सकिन्छ । 

विशेष तहमा मौद्रिक नीतिलाई आधारशिला मान्दै कारोबार सुचारु भएको दिन बुधवार बाहेक समाप्ति भएको दिन सम्म वृद्धि देखेको नेप्सेले अघिल्लो साताको तुलनामा यस साता ८८ अङ्कको वृद्धिका साथ प्राय सबै परिसूचक हरियो बनाउँदै  २१८२ अङ्कमा आफ्नो कारोबार बन्द गरेको छ । यस हप्ता लगानीकर्ता हाइड्रोपावर कम्पनी तर्फ आकर्षक भएको देखिन्छ भने बैङ्किङ क्षेत्रले पनि यस साता राम्रो कारोबार गरेको देख्न सकिन्छ । 

यस साता नेप्सेमा १२ अर्ब २९ करोड हाराहारी कारोबार भएको देख्न सकिन्छ जुन अघिल्लो साता भन्दा ५२ करोडको हाराहारीले कमी भएको देख्न सकिन्छ । यस्तै नेप्से मा यस साता ३ करोड हाराहारी शेयर को खरिद बिक्री भयो भने यसमा पनि अघिल्लो हप्ताको तुलनामा ५ लाख ६७ हजारको शेयर खरिद बिक्री कमी भएको देख्न सकिन्छ । सकारात्मक सुरुवात गर्दै बुधवार सम्म २२०० अङ्क चुमेर फर्केको नेप्सेले पुन नकारात्मक लय समात्दै अन्त्य गरेको थियो भने बिहीबार कारोबार हुने अन्तिम दिनको आखर १५औँ मिनेट पछि पुन द्रुत गतिमा आफ्नो लय समात्दै सकारात्मक अन्त्य गर्‍यो ।

यस साता बैङ्किङ क्षेत्रमा १ अर्ब चौरानब्बे करोड, विकास बैङ्क तर्फ ७१ करोड, फाइनान्स तर्फ ८३ करोड, लघुवित्त तर्फ १ अर्ब, लाइफ ईन्शुरेन्स  तर्फ ८८ करोड, नङ लाइफ तर्फ ६६ करोड, इन्भेस्टमेन्ट तर्फ ५३ करोड, म्यानुफ्याक्तारिंग तर्फ ४९ करोड, हाइड्रो तर्फ ४ अर्ब ६१ करोड, होटेल एन्ड टुरिजम तर्फ २२ करोड, अन्य तर्फ ३६ करोड तथा म्युचल फन्ड तर्फ २३ करोड को कारोबार भएको देख्न सकिन्छ ।

साता को सुरुवात देखिन प्राय जसो लगानीकर्ताहरूले बोनस शेयरको आशामा केही स्क्रिपहरुमा लगानी गरेको देखिन्छ भने अन्योल पूर्ण लगानी वातावरणका साथ बजारमा अझै पनि खरिदकर्ताको चाप भने देख्न सकिएको छैन । साताको अन्त्यमा नेप्सेले २१८० अङ्क छोए पनि बजारले खरिदकर्ताहरू लोभ्याउने स्तरमा नपुगेसम्म उकालो नलाग्ने निश्चित छ । अर्को हप्ता यसले सजिलै २२०० अङ्क पार गर्ने भने आङ्कलन गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ