arrow

लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
sarat-singh-bhandari-mahottari-2-losapa-mp-2079-2022.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । 

यसको पुष्टि स्वयं भण्डारीले गरेका छन् । ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने । गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।  
 



नयाँ